काग्रेस केन्द्रीय समिति बैठक बिहिबार
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहिबार बस्दैछ । बाढी र डुवानको समस्याका कारण स्थगित बैठक पार्टी कार्यालय सानेपा ललितपुरमा बस्न लागेको हो । बैठकमा नियमावलीमा सहमति जुटाउन प्रयास हुने नेताहरुले बताएका छन् । पार्टीको नीति र सिद्धान्तमा समेत छलफल गर्न नपाइने व्यवस्था नियमावलीमा भएको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् । अनुशासन र आचारसंहिता लगायतका विषयमा पनि विवाद छ । नियमावलीमा सहमति जुटाउनका लागि बुधबार पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताले छलफल गरेपनि सहमति जुट्न सकेको छैन । कांग्रेस बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अगाडि बढाउने विषयमाथि छलफल हुने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #congress
ताजा खबर
- १संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध
- २करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
- ३२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की
- ४संसद अवरोध हटाउन प्रतिपक्ष दललाई मनाउने रवि लामिछानेको प्रयास
- ५मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भएको सिके राउतको आरोप



तपाईको कमेन्ट लेख्नुहोस्