प्रचण्डको खुलासाः प्रधानमन्त्रीको प्रस्ताव आयो

काठमाडौं ७ साउन । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टी एकता नगरे आफूलाई प्रधानमन्त्री बनाइदिने आश्वासन आएको खुलसा गरेका हुन । प्रचण्डले पार्टी एकता हुन नदिन प्रतिक्रियावादीहरुका तर्फबाट प्रधानमन्त्री लगायत अन्य अफर आएको दाबी गरे । तर, अफर कसले गरेको हो भन्ने अध्यक्ष प्रचण्डले खुलाएनन् । प्रचण्डले कहिले कसैलाई कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथोल्ने ठूलो प्रयास भएको बताए। तर आफूहरु कसैको लोभ लालच र धम्कीको प्रलोभनमा नपरेको जिकिर गरे । उनले पार्टी एकता हुनै सक्दैन, भए पनि टिक्दैन भनेर गरिएको प्रचार जनताले नै झुटो प्रमाणित गरिदिएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्