कांग्रेसमा भागबण्डा मिल्यो, नाम टुंगिन बाँकी
काठमाडौँ २४ कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर बैठक बोलाएका थिए । यो समिति केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली संरचना हो । २९ सदस्यीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशत दिन सभापति देउवा तयार भएका छन् । देउवाले शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा राखेको शीर्ष नेताहरुको छलफलमा पौडेल पक्षलाई ४० प्रतिशत दिने सैद्धान्तिक सहमति जुटेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार, राजनीति
ट्याग : #congress
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्