Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

भारत र पाकिस्तानमा को शक्तिशाली ?


काठमाडौं । भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । भारत सरकार र त्यहाँका मिडियाहरुको उत्तेजना हेर्दा कुनै पनि क्षण पाकिस्तानको धैर्यको बाँध फुट्न सक्ने खतरा देखिन्छ । यसबाट कुनै पनि समय दुई देशबीच युद्ध भड्किन सक्ने खतराले विश्व समुदायलाई चिन्तित बनाएको छ ।

यदि निर्णायक युद्धमा होमिएको खण्डमा दुबै देश ध्वस्त हुन सक्छन्, किनकि दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् ।भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ । त्यसैले सरकारलाई जनताका अगाडि बढीभन्दा बढी राष्ट्रवादी देखिनु छ । भारतमा भोट बटुल्ने प्रमुख अस्त्र भनेकै धर्म र राष्ट्रवाद हो । र, राष्ट्रवादी देखिने प्रमुख अस्त्र भनेको पाकिस्तानमाथि जाइलाग्नु हो ।

त्यसैले पुलुआमा घटनाले भाजपा सरकारलाई ठूलो मौका मिलेको छ, उग्र राष्ट्रवाद प्रदर्शन गर्ने । यसमा भारतीय मिडियाले सरकारलाई थप मलजल गरिरहेका छन् ।


क्याटेगोरी : पत्रपत्रिका, प्रमुख समाचार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं