गोल्डेन गेट बहुउदेश्यीय सहकारीको आर्थिक गतिबिधि अपारदर्शी, सञ्चालकहरु नै मिटरब्याजी

ललितपुर । ललितपुर १५ स्थित सातदोबाटोमा रहेको गोल्डेन गेट बहुउदेश्यीय सहकारी संस्थाको आर्थिक गतिबिधि अपारदर्शी रहेको पाइएको छ । २०६७ सालमा स्थापना भएको यो सहकारी तत्कालिन समयका अध्यक्ष अजय श्रेष्ठले डुबाएपछि लामो समय निष्कृय जस्तै रहेकोमा २०७७ माघपछि पुनः सञ्चालनमा आएको हो । नयाँ टिम मार्फत सञ्चालनमा आएको सहकारीका पछिल्ला आर्थिक गतिबिधिहरुमा थुप्रै प्रश्नहरु उठ्न थालेका छन् । अहिले विगतका अध्यक्ष श्रेष्ठकै भाई खाद्य ब्यापारी विजय श्रेष्ठ सहकारीका अध्यक्ष रहेका छन् ।
सहकारी अहिले रफ्तारमा चलिरहेपनि सञ्चालनका लागि आवश्यक पर्ने सबै कानुनी प्रक्रिया र सम्बन्धित संघ संस्थाबाट लिनुपर्न अनुमतीहरु पुर्ण रुपमा नलिएको समेत पाइएको छ । आज भन्दा आठ वर्ष अगाडी १ करोड ८० लाख डुबेर बन्द भएको संस्थाले अहिले ठूला व्यवसायीहरुलाई विभिन्न अफरसहित आफ्नोमा भित्र्याएको छ ।
बैद्यानिक प्रक्रियाबाट जाने ऋण भन्दा प्रक्रिया नै नपुराई दिने ऋणको हिस्सा ठूलो रहेको र मौखीकका भरमा ५ लाख १० लाख दिएर दैनिक ३ प्रतिशतसम्म ब्याज लिने काम सहकारिका मिटर ब्याजीहरुले गरेको सहकारीकै कतिपय सदस्यहरुले नाम नखुलाउने सर्तमा बताएका छन् । हामीलाई प्राप्त २०७८ साल असार ३१ गतेको बित्तिय स्थिति बिवरण हेर्दा समेत सहकारीको आर्थिक गतिबिधि सन्तोषजनक देखिदैन । सेयर पूँजी १ करोड ६० लाख रहेको गोल्डेन गेट बहुउदेश्यीय सहकारीले दुई वर्ष पुग्दा नपुग्दै १८ करोड ५१ लाख उठाएको छ । आक्रामक रुपमा निक्षेप संकलन र ठूला व्यवसायीहरुको यो सहकारीतर्फ देखिएको आकर्षणले साना बचतकर्ताहरु मारमा पर्ने देखिएको छ । सञ्चालकसँगको मिलेमतोमा ठूला व्यवसायीहरुले सहकारीकै बचत वापतको पैसा मिटर व्याजमा चलाउने र अदृश्य रुपमा सिमित व्यक्ति मालामाल बनेर सहकारीका सेयरधनी र बहुसंख्यक बचतकर्तालाई अन्यायमा पार्ने काम भैरहेको भएपनि सहकारी अभियन्ता र सरकारको नियमनकारी संयन्त्र बेखबर जस्तै छ ।
अर्कोतर्फ नगद मौज्दात धेरै राखेर सञ्चालकहरुले आर्थिक गतिबिधिमा हालिमुहाली गर्दैआएको घटना यो सहकारीमा पनि देखिएको छ । बैंक मौज्दात २ करोड भएकोमा नगद ३ करोड बढी वित्तिय विवरणमा देखाइएको छ । विभिन्न ३३ वटा शिर्षकमा बचत उठाइरहेको सहकारीले कानुनी सीमा भन्दा निक्कै माथीको ब्याजदर दिएर बचत तानिरहेको अवस्थाले समेत यहाँको लगानीलाई शंकास्पद बनाइदिएको छ ।
को हो हुन त गोल्डेन गेट बहुउदेश्यीय सहकारीमा आर्थिक अराजकता मच्चाउनेहरु ?
दाइले डुबाएको सहकारी करिब ८ वर्षपछि भाइ अध्यक्ष भएर सञ्चालनमा आएपनि यहाँ चलखेल गर्नेहरु अरु नै छन् । ठेचोको विकास महर्जन व्यवस्थापकसँगै यो सहकारीका हर्ताकर्ता हुन, अध्यक्षमाथी कुनै प्रश्न आएमा उनले महर्जनलाई नै अघि सार्ने गरेका छन् । सञ्चालक समिति सदस्य विश्वनाथ दुवाडी, ऋण व्यवस्थापक रामजी श्रेष्ठले सहकारीलाई आफू अनुकुल चलाउँदा यहाँका बचतकर्ता र सेयर सदस्यहरु जोखिममा परेका छन् ।
यस्तो छ संस्थाको प्रतिक्रिया
हाम्रो टिमले संस्थाका अध्यक्ष र व्यवस्थापकसँग सहकारीमाथी उठेका प्रश्न बारे जवाफ माग्ने प्रयास गरेको थियो । दुबै जना सञ्चालकले आफूहरु सहि भएको अपारदर्शी गतिबिधि नभएको जवाफ दिएका छन् । उनीहरुले आफूहरुको संस्थामा भएका भनिएका अपारदर्शी गतिबिधिलाई पुष्टि गर्न चुनौँती मात्रै दिएका छैनन । भनसुन र लबिङका लागि दौँडधुप थालेका छन् ।
सहकारीलाई जतिपनि बचत र निक्षेप संकलन गर्न छुट दिने सरकारले लगानीको स्पष्ट क्षेत्रसँगै वातावरण नबनाइदिदा समेत सहकारी अभियानले बाटो बिराएको छ । सहकारीले सिमित क्षेत्रमा मात्रै लगानी गर्न पाउने कानुनी बन्देजका कारण बचत वा सेयर सदस्यका नाममा जम्मा भएको रकम गलत क्षेत्रमा सिमित संञ्चालकहरुको स्वार्थ र हितमा परिचालन भैरहेको छ । यो रोग यो सहकारीमा समेत झांगिएको छ । सरकारी संयन्त्रबाट बेलैमा नियम गर्ने सुधारको प्रयास नथाल्ने हो भने धेरै सहकारी टाट पल्टिने र लाखौँ नागरिकहरुको अर्बौ डुब्ने निश्चित जस्तै छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष अजय श्रेष्ठ, #गोल्डेन गेट बहुउदेश्यीय
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्