परिक्षण कम गर्दै संक्रमण घटेको देखाउदा मृत्यु संख्या भने घटेन
काठमाडौं । कोरोना संक्रमितको संख्यामा केही मात्रामा कमी आएतापनि मृत्युदरमा उल्लेख्य सुधार हुन अझै सकेको छैन् । कारोनाका कारण यस अघि जेष्ठ ५ गते अहिलेसम्मकै सबैभन्दा धेरै २ सय ४६ जना कोरोना संक्रमितको ज्यान गएको थियो । अहिलेसम्म पनि कोरोना संक्रमित मृतकको संख्यामा उल्लेखीय कमी आएको छैन्न । जनस्वास्थ्य विज्ञ डाक्टर समिराणी दिक्षितले कोरोना संक्रमण कम हुदैे गएको बताउदै आगामी दिनमा अझै सक्रमितको संख्यामा कमी आउने बताउछन् ।
पछिल्लो एक साताको अवधिमा मात्रै कोरोना संक्रमणबाट ६ सय ४४ जनाको मृत्यु भएको छ । जेष्ठ १९ गते बुधबार १ सय १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने २० गते मृतकको संख्यामा केही कमी आएको थियो सो दिन संक्रमणका कारण ७५ जनाको मृत्यु भएको थियो । त्यस्तै जेष्ठ २१ गते ६८ जनाको मृत्यु भएको थियो ।
जेष्ठ २३ गते मृतकको संख्या उकालो लाग्दै सो दिन ९९ जनको मृत्यु भयो । त्यसको भोलिपल्ट अर्थात जेष्ठ २४ गते ९२ जनाको मृत्यु भयो । मृतकको संख्या बढ्दै जादा जेष्ठ २५ गते १ सय ८ जनाको मृत्यु भयो । यसरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको तथ्याङक हेर्दा कोरोना संक्रमणका कारण मृत्यु हुने मृतकको संख्यामा कमी आउन सकेको छैन् । संक्रमण दरमा सामान्यकमी भएपछि एक व्यक्तिले अन्यलाई संक्रमण सार्ने दरमा समेत केही सुधार देखिएको छ । संक्रमण दर आशालाग्दो तरिकाले नघटेकाले जोखिम बाँकी नै रहेको विज्ञहरू बताउछन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्