विश्व वैंकको प्रक्षेपणः यसबर्ष नेपालको आर्थिक बृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने
काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२१/२२ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो अनुमान यसअघि प्रक्षेपण गरिएभन्दा ३.६ प्रतिशतले बढी रहेको उल्लेख छ ।आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
नेपालको आर्थिक वृद्धिको पछिल्लो अनुमान सन् २०२०/२१ मा प्रक्षेपण गरिएभन्दा २.१ प्रतिशत र २०२१/२२ मा १.४ प्रतिशतले बढी रहेको समेत उल्लेख छ । आव २०२०/२१ मा नेपालको वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने विश्व बैंकको अनुमान छ । सन् २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ८.३ र २०२२/२३ मा ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।
दक्षिण एसियामा बंगलादेश र भुटानको अर्थतन्त्र भारतपछि सुधारोन्मुख देखिएको छ । सन् २०२१ मा विश्वको आर्थिक विकास ५.६ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ । विश्व अर्थतन्त्र आर्थिक संकटबाट पछिल्लो ८० वर्षयता तीव्र पुनउत्र्थानतर्फ अघि बढिरहेको पनि उल्लेख छ । विश्व बैंकले कोरोना संक्रमणको आगामी लहरहरु, आर्थिक तनाव र उच्च ऋणको कारण विश्व अर्थतन्त्रमा जोखिम कायमै रहेको निष्कर्ष समेत निकालेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेपालको आर्थिक वृद्धि, #विश्व बैंक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्