Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

वरिष्ठताका आधारमा संबैधानिक इजलास गठन,केसी र श्रेष्ठ बाहिरिए


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् । प्रधान न्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेको मध्येका वरिष्ठ हुन् । आफूमाथि प्रश्न उठे पनि संवैधानिक इजलासमा बस्ने राय दिएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छैन ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अस्वस्थताका कारण होम आइसोलेशनमा बसेका कारण उनी पछाडिको वरियतामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखिएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाइ हुनेगरी इजलास स्थगित गरिएको थियो । केसी र श्रेष्ठको सो रायपछि वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र डाक्टर आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने घोषणा गरेका थिए ।

प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासमा न्यायाधीशद्वय दीपक कुमार कार्की र आनन्दमोहन भट्टराईको कमब्याक भएको छ । यसअघि इजलासमा सहभागी दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपछि कार्की र भट्टराईले इजलास छाडेका थिए । तर, आइतबार राणाले ५ सदस्सीय इजलास गठन गर्दा उनीहरु वरिष्ठताका आधारमा पुनः कमब्याक भएका हुन् ।

इजलासमा विवादमा तानिएका न्यायाधीशद्वय केसी र श्रेष्ठ अटाएका छैनन् । बरिष्ठताका आधारमा इजलास गठन गर्दा विश्वम्भर श्रेष्ठ र हरिकृष्ण कार्की भने छुटेका छन् । विश्वम्भर स्वास्थ्यका कारणले छुटेका हुन् । उनी पुस ५ मा संसद विघटन भएका बेला संवैधानिक इजलासमा सहभागी थिए । त्यस्तै बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा बस्न अस्वीकार गरेका छन् ।

अघिल्लो संसद विघटनका बेलामा पनि स्वार्थ बाझिने भन्दै विरोध भएपछि कार्की आफैं पछि हटेका थिए । विघटन बिरुद्ध परेका कुल ३० वटा रिट उपर आजबाट संवैधानिक इजलासमा सुनुवाई हुनेछ । रिट, निवेदकले तत्कालिन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् । निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे संवैधानिक इजलासले निर्णय गर्नेछ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चोलेन्द्र शम्शेर जबरा, #संवैधानिक इजलास

तपाईको कमेन्ट लेख्नुहोस्