१७ हजार ४ सय ८० परिक्षण गर्दा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ४ सय ८० नमुनाको पीसीआर र एन्टिजेन विभिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १५ हजार ५५ नमुनाको पीसीआर गर्दा ४ हजार १७८ जनामा संक्रमण देखिएको छ भने २ हजार ४ सय २५ जनाको एन्टिजेन गर्दा ५ सय ८४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । आज १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्