एकैदिन थप १ सय ९० जनाको मृत्यु,८ हजार ३ सय ५ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय ९० जनाको मृत्यु भएको छ । ८ हजार ३ सय ५ जना संक्रमित थपिँदा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ ।
उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय १४ जना संक्रमित छन् । उनीहरुमध्ये १ हजार ७ सय ४८ जना आईसीयूमा छन्, जसमध्ये ४ सय ९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।
हालसम्म ४ लाख ८८ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्