संक्रमणको नयाँ रेकर्ड, एकैदिन ९ हजार २ सय ७१ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४ सय ११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ। कुल संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएर पछिल्लो २४ घण्टामा विवरण प्राप्त हुनेको संख्या १ सय ३९ रहेको छ। यो हालसम्मकै उच्च संख्या हो।
अघिल्लो दिन मृत्यु भएका र मन्त्रालयको तथ्यांकमा नआएकाहरुको संख्या पनि यसमा जोडिएको छ। यो सहित कुल मृतकको संख्या ३ हजार ८ सय ५९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ रहेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्