संक्रमणको नयाँ रेकर्ड, एकैदिन ९ हजार २ सय ७१ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४ सय ११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ। कुल संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएर पछिल्लो २४ घण्टामा विवरण प्राप्त हुनेको संख्या १ सय ३९ रहेको छ। यो हालसम्मकै उच्च संख्या हो।
अघिल्लो दिन मृत्यु भएका र मन्त्रालयको तथ्यांकमा नआएकाहरुको संख्या पनि यसमा जोडिएको छ। यो सहित कुल मृतकको संख्या ३ हजार ८ सय ५९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ रहेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्