सरकार आफै बढाउदैछ कोरोना संक्रमण, खै पालना भएको मापदण्ड ?

काठमाडौं । सरकारले वैशाख ६ गते कोरोना संक्रमण बढ्न नदिने विभिन्न नियमहरु पालनागर्न आग्रह गरेको थियो । सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिमखाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई वैशाखभर बन्द गराइएको छ । धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्ने÷गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न आदेश जारी भएको थियो ।
सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने सरकारको आदेशमा भनिएको छ । तर, आदेशमा भनिएका नियमहरुलाई सरकारले नै उल्लंघन गरेको छ । अझै भनौँ प्रधानमन्त्री केपी ओली सहभागि कार्यक्रममा नै त्यस्ता आदेशको उल्लंघन भइरहेको छ । ओलीले आयोजना गरेको नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक वैशाख ६ गते बसेको थियो । वालुवाटारमा बसेको उक्त वैठकमा २५ जनाभन्दा धेरै करिब २ सय ७० जना नेताहरु सहभागि थिए ।
त्यसैगरी वैशाख ७ गते राम–सीताको मूर्तिमा बालुवाटारमा अनुष्ठान गरियो । जहाँ सयौँको उपस्थिती थियो । वैशाख८ गते प्रधानमन्त्रीको निर्देशनमा माडीमा करिब चार हजार मानिसको उपस्थिती थियो । वैशाख ९ गते काठमाण्डौको बल्खुमा पार्टी कार्यालय शिलान्यासमा पनि २५ जनाभन्दा धेरै सहभागि थिए । त्यसैगरी वैशाख १० गते प्रधानमन्त्री ओलीकै आयोजनामा राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक वालुवाटारमा बस्यो ।
वैशाख ११ गते धरहराको उद्घाटन कार्यक्रममापनि सरकारी पक्षले नै सरकारले नै बनाएको नियमको उल्लंघन गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेको अहिलेको अवस्थामा प्रधानमन्त्रीले अरु कामलाई प्राथमिकतामा राख्नु र जनस्वास्थ्यका मापदण्डको पनि उल्लंघन गर्नुले राम्रो संकेत गएको छैन ।
कोरोना नियन्त्रणका लागिगर्नुपर्ने काम तथा महामारीबाट बच्नका लागि गर्नुपर्ने पूर्वतयारी छोडेर पार्टीका बैठक र उद्घाटनमै रमाउनु गलत भएको आरोप लाग्ने गरेको छ । नागरिकलाई कहिले बेसार पानी त कहिले अम्बाको पात खाएर कोरोनाबाट बँच्न सुझाब दिदै आएका प्रधानमन्त्री ओलीले अर्कोतिर स्वास्थ्यका मापदण्ड पनि पालना गर्न आग्रह गर्दै आएका छन् । तर, आफैले भने ति मापदण्ड पालना गरेका छैनन् ।
यसरी प्रधानमन्त्री ओलीले नै स्वास्थ्य मापदण्ड विपरितका कामहरु गर्दै आएपछि सरकारले दिने गरेका सूचना सामग्रीलाई कसरी विश्वास गर्ने ? कोरोनाका कारण जनजिवन अस्त्यव्यस्त बन्नपुगेको छ । लकडाउन हुनुपर्छ भनेर माग उठिरहेको छ, तर, जनताको पिडा र मर्कालाई बुझेर महामारी रोकथाम र नियन्त्रण गर्नतर्फ सरकारले ध्यानदिन सकेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण, #स्वास्थ्य मापदण्ड
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्