एकैदिन २५५९ जनामा कोरोना संक्रमण,पाँच जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ हजार ५ सय ५९ जना संक्रमित थपिएका छन्। ९ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गरिएकोमा ठूलो संख्यामा संक्रमितहरु थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ८ हजार ७९८ जनाको पीसीआर र ८ सय ६६ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ।
नेपाल हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ। जसमध्ये २ लाख ७६ हजार ७ सय ५५ जना संक्रमणमुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा जम्मा ४१० जना संक्रमणमुक्त भएका छन्। आज देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ पुगेको छ। कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३ हजार १२२ छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्