Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

बर्ष २०७७ नेकपामा भुँइचालो,दलहरुबीच सधैं रडाको


काठमाडौं । २०७७ साल राजनीतिक रुपमा उतारचढाव पूर्ण रह्यो । नेपालको नयाँ नक्शा जारी, प्रतिनीधि सभाको विघटन, सत्तारुढ नेकपाको विघटन, जसपाको गठन लगाएतका महत्वपुर्ण राजनीतिक घटनाहरु ०७७ सालमा भए । एमसीसी विवाद, इनफ इज इनफ आन्दोलन र विप्लवको शान्तीपुर्ण राजनीतिमा अवतरण पनि चर्चित घटनाक्रमहरुमा रहे । २०७७ सालको सुरुवातमै सत्तारुढ नेकपाको अन्र्तद्धन्द तिव्ररुपमा सतहमा देखिन थालेको थियो । पार्टी भित्र अध्यक्ष केपी ओलीको कार्यशैली र सरकार सञ्चालनको विषयलाई लिएर चर्को रुपमा विरोधको स्वरहरु सुनिन थाले ।

वैशाख ८ गते सरकारले दल विभाजन र संवैधानीक नियुक्ती सम्बन्धी अध्यादेश ल्यायो । अध्यादेशबाट पार्टी विभाजीत हुनसक्ने डरले समाजवादी पार्टी र राजपाले हतारमा एकता गर्न बाध्य भए । तर समाजवादी पार्टीलाई विभाजीत गर्ने उद्देश्यले नेकपा नेताहरुले सांसद डा.सुरेन्द्र यादवको अपहरणको घटनाले राजनीतिक दलहरुको चरीत्र उदाङगो पारीदीयो । दल विभाजन र संवैधानीक नियुक्ती सम्बन्धी सरकारको विवादीत अध्यादेश पछि नेकपाका बैठकहरुमा प्रधानमन्त्री ओलीको राजीनामा माग्न थालीयो । छिमेकी राष्ट्र भारतले अतिक्रमीत नेपाली भुमी कालापानी क्षेत्र हुदै कैलाशमान सरोवर जाने तवाघाट लिपुलेक सडक निर्माण गरेपछि त्यसको नेपालमा ब्यापक विरोध भयो ।

जेठ ७ गते सरकारले भारतद्धारा अतिक्रमीत नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर देशको नयाँ नक्शा जारी ग¥यो । नक्शा प्रकरणले ०७७ सालको मध्यसम्म भारतसंगको सम्बन्ध निकै चिसीयो । अमेरीकी सहयोग नियोग–मिलीनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सहयोग लिने की नलिने भन्ने सम्बन्धमा पनि मुलुकमा निकै ठुलो विवाद भईरह्यो । एमसीसीमा दलहरुका साथै आमजनता पनि पक्ष र विपक्षमा विभाजीत छन । कोरोना ब्यापक संक्रमणका बिच काठमाडौं सहीत देशका विभिन्न सहरहरुमा राज्यसत्तामा ब्याप्त विक्रीती र विसंगतीको विरोध गर्दै चलेको इनफ इज इनफ आन्दोलनमा युवाहरुको ब्यापक सहभागीताले सबैको ध्यान आक्रषित ग¥यो ।

०७७ सालमा राजावादीहरुको गतिवीधि र सक्रियता पनि देशमा बढ्यो । राजतन्त्र फर्काउने, हिन्दु राज्य कायम गर्ने र संघियता खारेज गर्ने भन्ने आवाजहरु सडकमा प्रकट भए । कार्तिक ४ गते भएको प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था (रअ) प्रमुख सामन्त गोयल बिचको भेट पनि निकै चर्चीत बन्यो । यो भेटलाई लिएर नेपालमा थरीथरीका टीप्पणी र अनुमान गरीए । गोयलको नेपाल भ्रमण पछि क्रमीक रुपले भएका भारतीय सेनापति मनोज मुकुन्द नरावणे र भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको भ्रमण पछि मात्रै चिसीएको नेपाल भारत सम्बन्ध सहज हुन थाल्यो ।

चिनियाँ रक्षामन्त्री जनरल वे फेङ्हको भ्रमणलाई लिएर पनि निकै चर्चा चले । भारत र चिनबिच लद्दाखमा सीमाविवाद चलीरहेका बेला भएको चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणले भारतीय मिडीयाहरुमा पनि स्थान पायो । तनहुमा पुल उदघाटनको विषयमा विवाद हुदा प्रहरीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पक्राउ ग¥यो । त्यसको विरोधमा मंसीर २९ गते कांग्रेसले देशब्यापी प्रर्दशन ग¥यो । ०७७ सालमा देशको सबैभन्दा महत्वपुर्ण राजनीतिक घटना रहयो सरकारको सीफारीसमा राष्ट्रपतिद्धारा प्रतिनिधी सभा विघटन गर्ने कदम, प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ मा संसद विघटन गरेपछि त्यसको सर्वत्र विरोध भयो । प्रधानमन्त्रीको सीफारीसमा हठात संसद विघटन गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चर्को आलोचना भयो ।राजनीतिक दलहरुले देशब्यापी सडक आन्दोलन गरे, प्रतिनीधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्धा प¥यो ।

फागुन ११.गते सर्वोच्च अदालतले पुर्नस्थापना पक्षमा फैसला सुनाएपछि संसद ब्युतियो । सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाबाट नेकपाको आधिकारीकता ऋषिराम कट्टेलको पार्टीलाई दिएपछि सत्तारुढ नेकपा विघटीत भयो र अदालतकै फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुरानै अवस्थामा ब्युतिन पुगे । सत्तारुढ नेकपाको विवाद मिलाउन चिनीयाँ राजदुत होउ याञ्छीको अत्याधिक र अस्वभाबिक सक्रियता पनि खबरहरुमा छाईरह्यो । नेकपाको आन्तरीक द्धन्दमा चिनीयाँ सक्रीयता कतिसम्म रह्यो भने प्रतिनीधि सभा विघटन पछि नेकपा विवाद मिलाउन चिनियाँ उपमन्त्री सहीतको ४ सदस्य टोली नेपाल आएको घटनाबाट पनि प्रष्ट हुन्छ । चिनियाँ टोलीको नेपाल भ्रमणबाट छिमेकी राष्ट्रहरु नेपालमा आफ्नो कस्तो खालको दखल चाहन्छन भन्ने कुरा पनि झनप्रष्ट भयो ।

फागुनमा तोकीएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुन सकेन । प्रजातन्त्रीक परिपाटीको सधै दुहाई दिने नेपाली कांग्रेसले समयमा आफ्नो महाधिवेशन गर्न नस्कदा उसको आन्तरीक लोकतन्त्रमाथी प्रश्न चिन्ह खडा भएको छ । हिंसात्मक राजनीति गरीरहेका नेत्रविक्रम चन्द(विप्लव)को शान्तीपुर्ण राजनीतिमा अवतरण र वैकल्पीक राजनीतिको वकालत गरीरहेका साझा पार्टी र विवेकशिल नेपाली दलको पुर्नमिलन पनि ०७७ सालका महत्वपुर्ण घटनाहरुमा रहेका छन ।

माओवादी केन्द्रसंगको तिक्ता र पार्टी भित्रको माधव नेपाल समुह संगको विवादका कारण प्रधानमन्त्री केपी यतिबेला संकटमा देखिन्छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सत्ता समिकरण बनाउने निर्णय गरीसकेको छ । तर सत्ताराजनीति निर्णायक देखिएको जसपाको अलमलले नयाँ गठबन्धन बन्न नसक्दा देशको राजनीति अन्यौलग्रस्त छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सडक आन्दोलन

तपाईको कमेन्ट लेख्नुहोस्