Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

सेवा भन्दा पनि भाडा बढाउने खेलमा यातायात ब्यवसायी, सर्वसाधारणलाई सधैं सास्ती


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बृद्धि भइसकेको भन्दै यातायात व्यवसायीहरुले भाडा बढाउनुपर्नेमा जोड दिएका छन् । तर सरकारले भने अहिले सम्म त्यसतर्फ ध्यान दिएको छैन । सर्वसाधारणले भने यात्रुलाई मर्का नपर्ने गरी भाडा समायोजन गर्नुपर्नेमा जोड दिएका छन् । यातायात व्यवसायीहरुले निरन्तर भाडा समायोजन हुनुपर्ने माग गर्दै आएका छन । तर सरकारले भने अहिले सम्म त्यसतर्फ ध्यान दिएको छैन । यहि बिच यातायात व्यवसायीहरुले २०७५ सालदेखि रोकिएको सार्वजनिक यातायातको वैज्ञानिक भाडा समायोजन यथाशीघ्र गर्न सरकारसँग पुनहः माग गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गर्नुपर्ने उनीहरु बताँउछन । नेपाल सरकारले २०६५ चैत २० मा तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार पेट्रोलियम पदार्थलाई ३५ र बिमा, कर, बैंक ब्याज, पार्टपुर्जा, टायर, लुब्रिकेन्टस लगायतलाई ६५ प्रतिशत भार दिएर प्रत्येक आर्थिक वर्षको भदौ मसान्तभित्र यातायात व्यवस्था विभागले भाडा समायोजन गर्ने भनिएको छ । तर यो कुरा कार्यान्वयनमा भने आउन सकेको छैन ।

२०६९ साल पछि हालसम्म पनि भाडा समायोजन भएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे यातायातको भाडा समायोजन सम्बन्धी माँग अतिवादी प्रवृती भएको बताउँछन् । वर्तमान परिस्थितिमा भाडा समायोजन सान्र्दभिक नभएको तर आवश्यक भएमा समायोजन गर्न सकिने उनको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सरकारले वर्षेनी भाडा समायोजनको आश्वासन मात्र दिने गरेको बताँउछन ।

चैत तेस्रो साताभित्र भाडा समायोजन नभए सम्पूर्ण सार्वजनिक यातायातका साधन घर र ग्यारेजमा थन्क्याउनुपर्ने अवस्था आउँने अध्यक्ष कर्माचार्यको भनाई छ । सर्वसाधारण पनि भाडा समायोजनमा सकारात्मक देखिन्छन । कोरोना महामारी र लकडाउनले यातायात व्यवसायीलाई पनि समस्या भएकाले यात्रुलाई मर्का नपर्ने गरी सरकारले भाडा समायोजनमा विचार गर्नुपर्ने उनीहरु बताउँछन् ।

अहिले देशका सडकमा सार्वजनिक सवारी साधन ३ लाख र मालबहाक ६० हजार गुडिरहेका छन । जसबाट धेरैको रोजी रोटी चलीरहेको छ । यस्तोमा समायोजनकै विषयलाई लिएर सार्वजनीक यातायात ठप्प पारीए त्यसले यात्रुहरुलाई मात्रै मार्का पार्ने छैन, यातायात मजुदुरहरुको रोजीरोटी पनि बन्द हुनेछ । त्यही भएर सरकार र सम्बन्धीत पक्ष यातायात ब्यवसायीका मागबारे गम्भीर हुनु जरुरी छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पेट्रोलियम पदार्थको मूल्य, #यातायात व्यवसायी

तपाईको कमेन्ट लेख्नुहोस्