संसद् सचिवालयमा प्रचण्डको पत्र : ओली संसदीय दलको नेता नभएको जानकारी
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्को पक्षको नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरेका कामकारवाही र सिफारिशलाई मान्यता नदिन आग्रहसहित संसद् सचिवालयलाई पत्र लेखेका छन् । प्रचण्ड–नेपाल पक्षका सांसद देव गुरुङसहित केही सांसद पत्र बोकेर संसद् सचिवालय पुगेका थिए ।
पत्रमा पार्टीले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट र केन्द्रीय कमिटीबाट कारवाही गरेर हटाएकाले उनले दलको नेताको हैसियतमा गरेका कुनै पनि कामकारवाही मान्य नभएको उल्लेख गरिएको छ । ओली पार्टी सदस्य नै नरहेको अवस्थामा संसदीय दलको नेताको रूपमा रहन नसक्ने कुरातर्फ संसदीय दल र सम्बन्धित सबैमा ध्यान आकर्षित गराउन चाहन्छु प्रचण्डले लेखेको पत्रमा उल्लेख छ ।
प्रचण्डको पत्रमा संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरिएको छ । प्रतिनिधि सभा विघटन भएपछि बहुमत केन्द्रीय कमिटीको बैठकले ओलीलाई कारवाही गरेर पार्टीबाट निष्काशन गरेको थियो । केही दिनअघि ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए । पत्रमा ओलीले संसदीय दलको नेताको हैसियतमा गरेका काम कारवाहीलाई मान्यता नदिन समेत आग्रह गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रचण्ड–नेपाल पक्ष, #संसद् सचिवालय
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्