एकैदिन बिप्लवको वार्ता टोलीसँग दुई पटक छलफल,सहमति नजिक पुगेको गृहमन्त्रीको दाबी
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्मान भएको हो ।
सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले दोस्रो चरणको बैठक पनि सकरात्मक भएको बताएका छन् । वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् । केही दिनभित्रै निकास आउने गरी छलफल भइरहेको समेत गृहमन्त्री रामबहादुर थापा बादलले दाबी गरेका छन् ।
आज बिहानै दुबै पक्षबीच बालुवाटारमै छलफल भएको थियो । सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएका थियो । अहिले पनि बिप्लव समूहका अन्य नेताहरु जेलमा छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #दोस्रो चरणको वार्ता
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्