Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

वालवालिकालाई इन्टरनेट चलाउन दिदै हुनुहुन्छ भने ख्याल गर्नुहोस्


काठमाडौं । तपाईका छोराछोरी इन्टरनेटमा कतिको व्यस्त हुने गरेका छन् ? तपाईलाई लाग्दो होला छोराछोरी इन्टरनेटमा रमाइरहेका छन वा केही सिकिरहेका छन् । यदि त्यसो हो भने होस गर्नुहोस । तपाईका छोराछोरीमाथि खतरनाक रुपमा यौन शोषण पनि भैरहेको हुनसक्छ । नेपालमा कोरोना महामारीको शुरुवातसँगै प्रविधिको प्रयोग बढेको छ । जसले गर्दा बालबालिकामा मोबाइल र इन्टरनेटको प्रयोगबाट कुलतमा फस्ने सम्भावना समेत बढिरहेको छ । बालबालबालिकाहरु यसबाट यौन शोषणमा परेको पाइएको छ । बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था सिविनका अनुसार नौ देखि १९ वर्ष उमेर समूहका एक हजार ७ सय १४ जना बालबालिका तथा किशोरकिशोरीहरू अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ ।

सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी अध्ययन गरेको थियो । सो अध्ययनमा कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । कूल उत्तरदातामध्ये ३ सय ४० जना ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन् । कूल उत्तरदाता एक हजार ७१४ मध्ये ४५७ जनाले अनलाइनमा अपरिचित व्यक्तिलाई भेटेको पाइएको छ । यसरी अपरिचित व्यक्तिलाई अनलाइन भेट्ने उत्तरदाताहरूमध्ये १६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकामा १५४ जनाले भने ती अपरिचित व्यक्तिसँग भेटघाट गरेका थिए । यसरी अनलाइन यौन शोषणको सामना गर्ने उत्तरदातामा केटाको सङ्ख्या केटीको तुलनामा अधिक नै छ ।

सिविन नेपालक प्रवक्ता कुमार भट्टराईले अनलाइनमा ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्षरूपमा क्यामेराको अगाडि नग्न देखिन बालबालिकालाई भनेका थिए । नग्न हुन दबाब दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजीकका साथी र कतिपय शोषित भएको पाइएको बताएका छन् ।

मानव अधिकारकर्मी तथा बालअधिकारकर्मी गौरी प्रधानले यसमा अधिभावकदेखि सरकारसम्मलाई दोष दिएका छन् । उनले अभिभावकले बालबालिकाको सुरक्षामा हेरचाहमा ध्यान नदिने र सरकारले नियम कानुनलाई फितलो बनाएका यस्ता किसिमका घटनाले प्रोत्साहन पाएको बताएका छन् । यस्ता घटना सबैभन्दा बढी वाग्मती प्रदेशको काठमाडौँ र मकवानपुरमा (२७ प्रतिशत) रहेको पाइएको छ । दोस्रोमा प्रदेश नं २ को धनुषा (१८ प्रतिशत) रहेको छ ।।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #वालवालिकालाई इन्टरनेट

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं