कसरी हुन्छ बैशाख १७ र २७ मा निर्वाचन ?

काठमाडौं । वैशाख १७ गते र २७ गते निर्वाचन हुन्छ । तोकिएको मितिभन्दा एक दिनपनि दायाँबाया हुदैन प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय विभिन्न ठाउँमा पटक–पटक भन्ने गरेको वाक्य हो यो । त्यतिमात्रै होइन गत पुस ५ गते प्रतिनिधिसभा विघटन र आगामी २०७८ वैशाखमा निर्वाचनको घोषणा गरसँगै निर्वाचन प्रक्रिया नरोक्न निर्वाचन आयोगलाई पटक–पटक भनिरहेका छन् । सरकारको निर्णयअनुसार आयोगले निर्वाचनको प्रारम्भिक तयारी समेत थालिसकेको छ । तर, राजनीतिक दलहरु, नागरीक समाज, जनता, बुद्धीजिबी समेत ढुक्क हुन सकेका छैनन् ।
मंगलवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर तयारी निरन्तर गर्न आयोगलाई आग्रह गरे । यसबाट ओलीले आफु निर्वाचनकै पक्षमा रहेको सन्देश दिने प्रयास गरीरहेका छन् । तर राजनीतिक माहौल र वातावरण भने अलि भिन्न छ । कारण हो–वैशाखमा निर्वाचन हुन्छ भन्नेमा स्वयम् राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी र ठुलो तप्काका नेपाली जनता तयार र ढुक्क हुन नसक्नु । उनीहरु निर्वाचन भैहाले पनि संविधानविपरित र राष्ट्रिय पञ्चायतको निर्वाचनभन्दा फरक नहुने बताइरहेका छन् ।
नेकपा दाहल–नेपाल समूहका नेता हरीबोल गजुरेलले प्रधानमन्त्री ओली सधै नहुने कुराहरु गर्दै भ्रम छर्दै हिड्ने बानी परेकाले चुनाब पनि नहुने भएकाले नै उनले भ्रम छरीरहेको बताए । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भएको संसद विघटन गर्ने प्रधानमन्त्री ओलीले गराउने चुनाबको कुनै सम्भावना नै नरहेको बताउँछन् । निर्वाचन गराउन प्रतिनिधि सभा विघटन गरेको पनि होइन, यसमा हिसाब नै मिल्दैन । दुई तिहाई हुँदाहुँदै पार्टी फुटाएर कोही निर्वाचनमा जान्छ ? पौडेलले ओलीले आफु सत्तामा टिकिरहन चुनावको नौटङ्की गरेको दावी पनि गरे । उनले जबर्जस्ती गर्न खोजिए मुलुक विग्रहतिर जाने औल्याए । पौडेलले सबै वातावरण मिलेपछि मात्रै चुनाव गर्ने हो । सबै वातावरण नमिली र दलहरु तयार नभइ चुनाव नहुने बताए ।
जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले वैशाखमा कुनैपनि हालतमा चुनाव हुन नसक्ने बताए । उनले संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन हुन्छ भन्नु हास्याष्पद भएको बताए । उनले सर्वोच्चको निर्णय कहिले आउने, के निर्णय आउने भन्ने नै अन्यौलता रहेकाले बैशाखमा चुनाब नहुने जिकिर गरे । उनले प्रधानमन्त्रीले दाबी गरेपनि वैशाखमा चुनाव हुने कुरामा थप अन्योलता बढ्दै गएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित संसद विघटन गरेको हुनाले त्यतिकै पनि चुनावको मिति तोक्नु असंवैधानिक रहेको नेताहरुको भनाई छ । असंवैधानिक कदम नसचिएसम्म चुनाव हुन नसक्ने दाबी दोहोर्याईरहेका छन् । प्रधानमन्त्रीले गर्नका लागि चुनाबको मिति घोषणा गरेको नभई सरकारसँग जनताको मन तान्ने कुनै मुद्धा नभएकाले चुनाबको मुरली बजाईरहेको आरोप लगाईरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #निर्वाचन, #प्रतिनिधिसभा विघटन
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्