Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

सर्वसाधारणको चुल्हो बाल्नै मुस्किल अनुगमन भने शुन्य 


काठमाडौं । दिनप्रतिदिन मूल्य आकासिदा उपभोक्ता चेपुवामा पर्ने गरेका छन् । सरकारले न अनगुमन प्रभावकारी बनाउँछ, न दोषीलाई कारबाही गर्छ । जसले गर्दा तरकारीको व्यापारमा विचौलिया हाबी हुँदै आएका छन् । नेपाली बजारमा तरकारीको मूल्य कुन दिन उकालो लाग्छ पत्तै पाइदैन । तरकारी घट्नु लगायतका कारणले तरकारीको भाउ छोइनसक्नु हुन्छ । सँगसँगै बिचौलियाले समेत भूमिका खेलेका हुन्छन ।
सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौं उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग  भोग्दै आएका छन् । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण तरकारी उत्पादन गर्ने कृषकले पाउने रकम बढ्दैन तर उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ । अहिले नेपाली किसानहरुले नयाँ लसुन र प्याज प्रशस्त उत्पादन गरेको बेलामा भारतले अन्य वस्तु रोकेर लसुन र प्याज सहित विभिन्न तरकारी सहज रुपमा भन्सार पास गरेर पठाइरहेको छ ।
भारतीय उत्पादन प्रशस्त आउँदा पनि प्याज र लसुनको भाउ बढेको छ । भारतीय प्याजको मूल्य अहिले खुद्रा बजारमा ८० रुपैयाँ प्रतिकिलो छ । लसुन ३०० सय केजी भइरहेको छ । यसैगरी नेपालमा उत्पादित तरकारी केहि समयअघि १ सय ७० सम्म पुगेको काउली अहिले ३० रुपैया केजी छ । टमटर २५ रुपैया केजी छ । सधै महङगीमा पर्ने उपभोक्ता अहिले भने सस्तो भएकोमा खुसी छन् ।सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत तरकारीको हिस्सा आधा–आधा हुन्छ ।
हिउँदे तरकारी आएर यतिबेला सस्तो भएकोले पनि तरकारी सस्तो भएकोमा उपभोक्त खुसी भएका छन् । नेपालमा उत्पादन भन्दा बढि विदेशी आयात र विचौलियका कारण पनि तरकारीको भाउ महंगी बेला– बेला बढ्ने गरेको छ । सरकारले बेलबेलमा मुल्य निर्धारण गरे पनि पुन रुपमा लागु गर्ने सकेको छैन जसले गर्दा जनता मारमा पर्ने गरेका छन् ।

क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #चुल्हो बाल्नै मुस्किल, #तरकारी

तपाईको कमेन्ट लेख्नुहोस्