थपिए ३ हजार ५१ कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५ सय १४ जना रहेको पनि मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै काठमाडौं उपत्यकामध्ये काठमाडौंमा हालसम्म संक्रमितको संख्या ६८ हजार ४ सय ४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८५९ रहेको छ । यस्तै भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या ४ हजार ९१५ रहेको छ । यस्तै ललितपुरमा कुल ९ हजार ६ सय ६३ संक्रमितमध्ये ७ हजार ३ सय २२ जना निको भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्