दशैंमा मन्दिर तथा शक्तिपिठ सुनसान,भक्तजन बाहिरबाटै फर्किदैं
काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण गत चैतदेखि बन्द भएका शक्त्तिपीठहरु कार्तिक १ घटस्थापनाको दिनबाट खुल्ने भनिए पनि अधिकांश मन्दिर बन्द नै रहेका छन् । हिन्दु नेपालीहरुको महान चाड बडा दशैंको आज छैटौं दिन । आज माता कात्यायनी भगवतीको पूजा गरिंदैछ । कात्यायनी भगवतीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा जन्म भएकी थिइन् । उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।
राजर्षी जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । माता कात्यायनीको शारीरिक वर्ण सुन्तला रङको रहेको धर्मशास्त्रमा वर्णन गरिएको छ । तर, अहिले पुजाआजा गर्न गएका भक्तजनहरुलाई कोराना भाइरसको सक्रमणका कारण मन्दीर प्रबेशमा कडाई गरिएको छ । तर, मन्दीर खुला रहेपनि भित्रभन्दा बाहिरबाटै पुजा गर्ने व्यस्वस्था मन्दीर व्यवस्थापकले गरेको छ । दशैँको बेला विभिन्न देवीदेवताहरुको विषेश पुजा हुने भएकाले शक्त्तिपीठहरु खोल्ने तयारी रहेको मन्दिर पनि खोल्न नपाएको मन्दिर व्यबस्थापनले बताएका छन् ।
मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैँको बेलामा बिषेश पुजाआजा हुने भएकाले कात्तिक १ गते नै सवै मन्दिर खोल्ने तयारी गरिएपनि प्रहरीले खुला गर्न नदिएको गुनासो गरे । स्थानीय भक्तजनहरुको आग्रहमा घटस्थापनादेखि भीडभाड नहुने र स्वास्थ्यकालागि सवै मापदण्ड पुरा गरी भक्तजनहरुका लागि खुल्ला गरिएको मन्दिरमा अहिले सामान्य विधि बाहेक अन्य पुजाआज गर्न ठप्प नै रहेको सचिब कपालीले बताए ।
पुजारीहरु गत बर्ष मन्दिरमा पुजा गर्न भ्याइनभ्याई हुन्थ्यो यो बर्ष भने काम नभएर बसीरहेको बताए । स्वास्थ्य भन्दा ठुलो केही हैन भन्दै अहिले मठमन्दिर खोल्न नहुने उनको धारण रहेको छ । भन्द्रकाली मन्दिरमा भने भक्तजनको चहलपल अलि बढी नै रहेको छ । अन्य स्थानमा रहेका मन्दिर खोल्ने निर्णय गरिएको भएपनि मठमन्दिरमा भीडभाड हुने भएकाले सरकारले अहिलेसम्म नित्यपुजा बाहेक सर्वसाधारणका लागि मन्दिर खोल्ने निर्णय गरिसकेको छैन ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण, #शक्तिपिठ सुनसान
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्