नेकपा कर्णालीका नेताहरु काठमाडौंमा,अध्यक्षद्धय ओली र दाहालसहित नेताहरुसंग छलफल हुँदैं
काठमाडौं । आन्तरिक विवादपछि काठमाडौं आएका नेकपा कर्णाली प्रदेशका नेताहरुले आज पार्टीका शीर्ष नेताहरुसंग छलफल गर्दैछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव यथावत राखेर उनीहरु छलफलका लागि काठमाडौँ आएका थिए ।
प्रधानमन्त्री ओलीले बुधबार नियुक्त गरेका तीन मन्त्रीको शपथ ग्रहणलगत्तै उनीहरु छलफलमा जुट्ने तयारी छ । मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जनामध्ये मुख्य नेताहरु अध्यक्ष ओली र दाहालसँग छलफलका लागि काठमाडौँ आएका हुन् ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपनि अन्तिम घडीमा प्रचण्ड र नेपाल पक्ष मिलेपछि मुख्यमन्त्रीको पद जोगिएको थियो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार मात्रै नभई पार्टीकोसमेत बदनाम हुनेगरी काम गरेको भन्दै उनको बिकल्पका लागि अविश्वासको प्रस्ताव दर्ता गरेको दाबी नेताहरुले गर्दै आएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा कर्णाली प्रदेश, #प्रधानमन्त्री ओली, #मुख्यमन्त्री
ताजा खबर
- १सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- २सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ३राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ४अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ५निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति



तपाईको कमेन्ट लेख्नुहोस्