असोज महिनामै थपिए २४ हजार १ सय २३ कोरोना संक्रमित, १ सय ४१ जनाको मृत्यु
काठमाडौं । सुरुमा काठमाडौं उपत्यकाबाहिर देखिएको कोरोना संक्रमण यतिबेला भने उपत्यकाका तीन जिल्लामा बढी फैलिइरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा देखिने कोरोना संक्रमण र बाहिरी जिल्लामा देखिने संक्रमणभन्दा उच्च रहेको पछिल्लो तथ्याङले देखाइरहेको छ । लकडाउन खुलेपछि त झनै उपत्यकामा संक्रमण बढ्दो छ । एक पटक कोरोना संक्रमित शुन्य भएको उपत्यकामा कसरी कोरोना भित्रियो सरकार आफै अलमलमा परेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा मेयरहरुको फोरमले बारम्बार नाकाहरुमा सेना परिचालन नै गरी रोक्नुपर्ने आवाज नउठाएका होइनन् तर, सरकारले त्यसको वेवास्ता गर्दा यो परिणाम आएको बिश्लेषण हुन थालेको छ ।
यतिबेला लकडाउन पनि खुलेको छ । जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्ने नियम बनाइएको छ । तर, सडकमा सबै सवारी साधान सञ्चालन भएभन्दा कम भिडभाड छैन् । बजार, पसल तथा उद्योगहरु सञ्चालनमा छन् । तर, स्वास्थ्य सर्तकता देखिदैन । यसले उपत्यकामा कोरोना संक्रमण थप भयावह हुने संकेत देखिन्छ । एक/दुई जनामा कोरोना देखिदा उपत्यकाका ठाउँ–ठाउँमा हात धुने पानी ट्याङकी नै राखियो । सावनुको पनि ब्यवस्था गरियो । तर, यतिबेला संक्रमण तीब्र रुपमा फैलिदा बजारमा चहल–पहल हुँदा न ट्याङकीबाट पानी आउँछ न त सावुनको ब्यवस्था नै गरिएको छ । यसले भने कोरोना जोखिमबाट बच्न गरिने सावधानीका उपायमा पनि कमी आएको देखिन्छ । मानिसहरु माक्स तथा सेनिटाइजरको प्रयोग पनि गर्न छोडेको जस्ता दृश्य देखिइरहेका छन् ।
दैनिक कोरोना संक्रमण पुष्टि भएका मध्ये ५० प्रतिशतभन्दाबढी काठमाडौ उपत्यकामै देखिने गरेका छन् । संक्रमित थपिएका छन् तर अहिले सम्मको लकडाउन र निषेधाषका कारण प्रभावित भएका आम नागरिक भिडभाड नै भएता पनि बाध्यताका कारण घरबाट निस्किएका होलान् तर, सावधानी भने नअपनाउँदा जोखिम झनै बढेको छ । पछिल्लो समय दैनिक कोरोना संक्रमण र मृत्युदर पनि बढ्दै गएको तथ्याङकले देखाइरहेको छ । पछिल्लो १६ दिन अर्थात असोज महिनामा मात्रै कोरोना भाइरसबाट नेपालमा १ सय ४१ जनाको मृत्यु भएको छ । असोज १ देखि १६ गतेसम्ममा १ सय ४१ जनाको मृत्यु हुँदा २४ हजार १ सय २३ जना संक्रमित थपिएका हुन् ।
नेपालमा शुक्रबार अहिलेसम्मके धेरै थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ । असोज ८ गते धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु भएको थियो । सो दिन दिनमा १७ जना संक्रमितको मृत्यु भएको थियो ।
असोज महिनामा मृत्यु र देशभर संक्रमण र काठमाडौं उपत्यकामा संक्रमितको तथ्याङ हेरौं ।
गते मृत्यु कुल संक्रमित उपत्यकामा संक्रमण असोज १ ४ १२४६ ६ सय १८
असोज २ ७ २०२० ८ सय ५९
असोज ३ ११ १२०४ ६ सय २१
असोज ४ १० १३२५ ७ सय ६७
असोज ५ १६ ११५४ ६ सय ७४
असोज ६ २ १३५६ ६ सय ४७
असोज ७ ७ ११७२ ६ सय ३७
असोज ८ १७ १४९७ ७ सय ५५
असोज ९ ६ १३१३ ६ सय ४५
असोज १० ८ १२०७ ७ सय २४
असोज ११ १० १,५७३ ८ सय ९
असोज १२ ४ १३५१ ८ सय १७
असोज १३ १० १,५१३ ९ सय ३४
असोज १४ ७ १,५५ ९ ९ सय २
असोज १५ ११ १,९११ ९ सय ३४
देशभरको यो तथ्याङकले देखाउँछ नेपालमा कोरोना संक्रमण कसरी फैलिइरहेको छ भन्ने । शहर केन्द्रीत कोरोना संक्रमण बढ्दा कन्ट्रयाक ट्रेसिङमा समेत समस्या देखिएको छ । पछिल्लो चरणमा अझ सरकारले कोरोना नियन्त्रण र रोकथामका बिषयमा कुनै चासो नै नदिएजस्तो देखिएको छ ।
दैनिक सवा ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यति संक्रमति थपिए यति जनाले ज्यान गुमाए र यति निको भए भन्ने जानकारी दिने बाहेक थप कदम चालेको देखिदैन । पिसिआर परिक्षणको दायरा बढाउने गफ मन्त्री भानुभक्त ढकालले दिएको पनि करिव दुई महिना पुग्नै लाग्यो । तर, १०/११ हजारको पिसिआर परिक्षण सिमित छ ।
न त सरकारले लकडाउन गर्दा नै कुनै प्रभावकारी काम गर्यो न त लकडाउन र निषेधाज्ञा खोलेपछि नै गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा भन्दापनि सरकारको ध्यान आफनै पार्टी नेकपाको विवाद मिलाउनैमा केन्द्रीत हुँदा संक्रमण एक लाख नजिक पुग्न लाग्दा समेत काम प्रभावकारी गरेकै छौं भन्दै भाषण गर्नु कति उचित होला ? यहि प्रश्न जनताले दुई तिहाई नजिकको कम्युनिष्ट सरकारलाई सोधिरहेका छन् ।।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #कोरोनामुक्त
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्