संवैधानिक इजलासमा वामदेव गौतमको सुनुवाइ

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको रिटउपर आज संवैधानिक इजलासमा छलफल हुँदैछ । रिट निवेदक वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीका अनुसार सर्वोच्च अदालतको संवैधानिक इलजासमा गौतमविरुद्ध परेको रिटमाथि सुनुवाई हुन लागेको हो । यसअघि सर्वोच्चले गौतमविरुद्ध परेको रिटमाथि गम्भीर संवैधानिक व्याख्या जरुरी भएको जनाउँदै गौतमलाई कुनैपनि संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो । गौतमलाई राष्ट्रियसभामा लैजानु र मन्त्री बनाउनु संविधानविरुद्ध भएको निवेदकको दाबी छ ।
सत्तारुढ नेकपामा गौतमलाई मन्त्री बनाउने विषयमा गृहकार्य चलिरहेको छ । असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमले संसद सदस्य भन्दा माथिको पद लिन नपाउने अन्तरिम आदेश गर्दै आजको लागि सुनुवाई तोकेको थियो । संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुनेगरी गरिनुपर्ने हुन्छ, तसर्थ विषयवस्तुको गाम्भिर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नुु आवश्यक देखिदा गौतमको हकमा थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नु, नगराउनु भनि सर्वोच्च अदालत नियामावली, २०७४ को नियम ४९ ९२० ख वमोजिम विपक्षीहरुका नाममा यो अन्तरिम आदेश जारी गरिएको छ ।
सर्वोच्चको आदेशमा भनिएको थियो । साथै आदेशमा सार्वजनिक सरोकारको रिट निवेदनमा नेपालको संविधानले अंगीकार गरेको बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थाको परिप्रेक्षमा यी समस्त प्रावधानहरुको कसरी प्रयोग हुनुपर्ने हो, के गर्दा संवैधानिक रुपमा स्थिर व्यवस्था कायम हुन सक्छ भन्ने विषयमा ‘गम्भीर संवैधानिक व्याख्या’ प्रश्न उत्पन्न हुन आएको देखिएको उल्लेख थियो । गौतमविरुद्धको मुद्धाकै कारण मन्त्रिपरिषद् पुनर्गठन हुन ढिलाई भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सर्वोच्चको आदेश, #संवैधानिक इजलास
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्