चाडपर्वमा मात्रै तातिने अनुगमन सुरु, कहिल्यै रोकिदैन् कालोबजारी र महंगी
काठमाडौं । जव चाडपर्व आउछ तव तानिने बजार अनुगमन फेरि सुरु हुन लागेको छ । सरकारले दशैं लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई तिब्रता दिएको दिन थालेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १० वटा टोली गठन गरेर चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको जनाएको छ ।
विषेशगरी खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलको अनुगमनलाई अहिले तिब्रता दिइएको छ । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब ४ साता बाँकि छदै विभागले अनुगमनलाई तिब्रता दिएको जानकारी दिएको छ । विभागले सबै अनुगमन टोलीलाई निश्चित स्थान नै ताकेर अनुगमनमा परिचालन गरेको छ ।
खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललितपुरमा समेत क्षेत्र तोकेर अनुगमन गरिएको छ । विभागले विभिन्न क्षेत्रमा अनुगमन गर्दा उपभोक्ताको गुनासोलाई समेत प्राथमिकता दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिती बढाउन निर्देशन दिएर महंगी र संभावित कालोबजारी रोक्ने काम गरिएको दाबी गरेपनि उपभोक्ताले महसुस गर्न पाएका छैनन् ।
क्याटेगोरी : अर्थ, खेती किसानी, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #इन्धन, #खाद्यान्न, #तरकारी, #फलफूल, #माछामासू, #लत्ताकपडा
ताजा खबर
- १उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- २कलाकार बले हाजिरी जमानीमा रिहा
- ३रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी
- ४देशभित्रको अशान्ति र पश्चिम एसिया द्वन्द्वले नेपालको आर्थिक वृद्धि सुस्त भएको एडीबीको निष्कर्ष
- ५सरकार जनताले प्रकट गरेको मर्म, भावना र चाहना चल्नुपर्छः राष्ट्रपति



तपाईको कमेन्ट लेख्नुहोस्