चाडपर्वमा मात्रै तातिने अनुगमन सुरु, कहिल्यै रोकिदैन् कालोबजारी र महंगी

काठमाडौं । जव चाडपर्व आउछ तव तानिने बजार अनुगमन फेरि सुरु हुन लागेको छ । सरकारले दशैं लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई तिब्रता दिएको दिन थालेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १० वटा टोली गठन गरेर चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको जनाएको छ ।
विषेशगरी खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलको अनुगमनलाई अहिले तिब्रता दिइएको छ । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब ४ साता बाँकि छदै विभागले अनुगमनलाई तिब्रता दिएको जानकारी दिएको छ । विभागले सबै अनुगमन टोलीलाई निश्चित स्थान नै ताकेर अनुगमनमा परिचालन गरेको छ ।
खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललितपुरमा समेत क्षेत्र तोकेर अनुगमन गरिएको छ । विभागले विभिन्न क्षेत्रमा अनुगमन गर्दा उपभोक्ताको गुनासोलाई समेत प्राथमिकता दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिती बढाउन निर्देशन दिएर महंगी र संभावित कालोबजारी रोक्ने काम गरिएको दाबी गरेपनि उपभोक्ताले महसुस गर्न पाएका छैनन् ।
क्याटेगोरी : अर्थ, खेती किसानी, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #इन्धन, #खाद्यान्न, #तरकारी, #फलफूल, #माछामासू, #लत्ताकपडा
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्