नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ५ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ५ सय नाघेको छ । पछिल्लो विवरण अनुसार ७० हजार ६ सय १४ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ९ लाख ६८ हजार १ सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ।
देशभर ६ हजार ४६४ जना क्वारेन्टिनमा रहेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ५५ छ। योसहित हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ५९ पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै एकैदिन ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #संक्रमितको संख्या ७०
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्