नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ५ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ५ सय नाघेको छ । पछिल्लो विवरण अनुसार ७० हजार ६ सय १४ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ९ लाख ६८ हजार १ सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ।
देशभर ६ हजार ४६४ जना क्वारेन्टिनमा रहेका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ५५ छ। योसहित हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ५९ पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै एकैदिन ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #संक्रमितको संख्या ७०
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्