९ लाख ३४ हजार पिसिआर परीक्षण गर्दा ६६ हजार ७ सय जनामा कोरोना संक्रमण
काठमाडौं । मंगलबार देशैभर १ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा ६ सय ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना सहित १ हजार ३ सय ५६ जना सहित देशभर १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ७ सय ३२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना मुक्त भएका छन । योसगंै ४८ हजार १० जना कोरोना मुक्त भएका छन् । योसँगै कुल संक्रमितको ७२ प्रतिशत निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथामका लागि लागु गरेको एसएस अर्थात दुरी कायम गरौ माक्सको प्रयोग गर्न भन्ने जस्ता मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा व्यवासयीले प्रतिबद्धता गरे बमोजिम मापदण्ड पालना नगरेको भन्दै सचेत गराएको छ । पछिल्लो समय स्वास्थ्य सेवामा खटिएका व्यतिmहरु नै संक्रमित हुदै गएको भन्दै आगामी दिनमा आम जनता माझ स्वास्थ्य सेवा पुर्याउन कठिन हुने स्थिति आउन सक्ने प्रति सम्पूर्ण जिम्मेबार निकायहरु गम्भिर बन्न आग्रह गरेको छ ।
मंगलबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १ सय ९३ र होम आइसोलशेन ८ हजार ९ सय ४९ जना रहेका छन् । आइसियुमा २ सय २३ भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै मंगलबार १ हजार १ सय ५४ जनाको पीसीआर परिक्षण भएको छ भने हालसम्म कुल ९ लाख ३४ हजार ९ सय ७७ जनाको परीक्षण भएको छ । हाल ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #संक्रमितको मृत्यु
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्