तीन बर्षपछि बामदेव गौतम संसदमा
काठमाडौं । तीन बर्षपछि नेकपाका उपाध्यक्ष बामदेव गौतमले संघीय संसदमा प्रबेश पाएका छन् । बर्दियाबाट प्रतिनिधि सभा चुनावमा पराजित भएका उपाध्यक्ष गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा नियुक्त गरेपछि प्रबेश पाएका हुन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री बामदेव गौतम, दाखाक्वाडी (१) प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो ।

बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।
२०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहाेरेका नेकपा उपाध्यक्ष वामदेव गाैतम राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन्। कांग्रेस नेता सञ्जय गौतमसँग बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो। उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि आज गौतमले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। गौतम यसअघि ०४८, ०५१ र ०७० गरेर तीनपटक प्रतिनिधिसभा सदस्य भइसकेका छन्। त्यस्तै ०५६, ०६४ र ०७४ का निर्वाचनमा भने उनी पराजित भएका थिए।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बामदेव गौतम, #संघीय संसद
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्