कांग्रेसको खेलकुद विभागले गरिदियो १२ खेलाडी र ६ प्रशिक्षकको कोरोना बिमा
काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागले ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिदिएको छ । जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका खेलाडीको मनोबल उच्च बनाइराख्न उनीहरुसँगै प्रशिक्षकको कोराना बीमा गरिएको हो ।
विभागका सचिव मीनकृष्ण महर्जनले यो वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस कोभिड १९ कै कारण अर्को वर्षका लागि सारिएको जानकारी दिए । विभागले १२ खेलाडी र ६ प्रशिक्षक गरि १८ जनाको जनही १ लाख रुपैयाँको बीमा गरेको सचिव महर्जनले बताए । यसरी बीमित हुने खेलाडीमा करातेकी अनु अधिकारी, नविन रसाइली, आचरीका ज्ञानु अवाले, तिलक पुन मगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुष्मिता नेपाल र कल्पना परियार छन् । यस्तै भारोत्तोलनकी कमला श्रेष्ठ, सञ्जु चौधरी, पौडीकी गौरिका सिंह र एलेक्स जंग शाह तथा जुडोका इन्द्रबहादुर श्रेष्ठले बीमित हुने मौका पाएका छन् ।
प्रशिक्षकतर्फ आर्चरीका कृष्णमाया स्याङ्तान, करातेका दीपक श्रेष्ठ, सुटिङका असिम यादव, भारोत्तोलनका सञ्जय महर्जन, तेक्वान्दोका योङदाल क्वान र जुडोकी देवु थापाको बीमा गरिएको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को प्रदर्शनका आधारमा नेपाल ओलम्पिक कमिटीले खेलाडीको छनोट गरेको थियो । तर, कोराना संक्रमण समुदायमा नै फैलन थालेपछि खेलाडीको प्रशिक्षण भने अहिले रोकिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #१३ औं दक्षिण एसियाली खेलकुद, #कांग्रेसको खेलकुद विभाग
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्