एकैदिन काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । एकै दिन काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, देशभर एकै दिन थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको थियो । एकैदिन एक सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार आठ सय ६ पुगेको छ । अब १३ हजार सात सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै ११ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्