एकैदिन कोरोनाबाट ६ जनाको मृत्यु, उपत्यकामा १५९ सहित देशभर ६८१ जनामा संक्रमण
काठमाडौं । एकैदिन नेपालमा कोरोना भाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएको जानकारी दिए । यो सँगै नेपालमा कुल मृतकको संख्या १ सय २० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । देशभर भने ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय २० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्