राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । १ सय १ वर्षका घिमिरेको मंगलबार बेलुका लैनचौरस्थित निवासमै निधन भएको थियो । निवासमा बुधबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेर राष्ट्रिय झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।

परिवार, आफन्त, साहित्यकारहरु, शुभचिन्तकहरुसहित सीमित मलामीको उपस्थितिमा राष्ट्रकवि घिमिरेको अन्त्येष्टि गरिएको हो । उनलाई नेपाली सेना र सशस्त्रको टुकडीले सालमी अर्पण गरेको थियो।
उनको निवास पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत श्रद्धाञ्जली अर्पण गरेका थिए । वि. सं १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार, साहित्य
ट्याग : #अन्त्येष्टि, #राष्ट्रकवि माधवप्रसाद घिमिरे, #राष्ट्रिय सम्मान
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्