एसईईको नतिजा केहीबेरमा प्रकाशित हुँदै, रिजल्ट हेर्न पनिकामा भिडभाड निषेध
काठमाडौं । केहीबेरमा राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको एसईईको परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । केहीबेर अघि सुरु भएको बोर्ड बैठक सकिने बित्तिकै रिजल्ट प्रकाशित गर्ने जनाएको हो । आज बिहान ९ बजेदेखि रुजु र डमी कपि हेरेर परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो ।
परीक्षा नियन्त्रण कार्यालय एसईईले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन बिद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको हटाएर ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटी सच्याएर विद्यालयमा पुरयाउने व्यवस्था गरेको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एसईईको परीक्षाफल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्