रोकिएन काठमाडौं उपत्यकामा हेलचेक्र्याई, जोरविजोर लागू भएपनि सर्तकता अपनाएको देखिएन
काठमाडौं । कोरोना संक्रमणको संख्या पछिल्लो चरण फेरि पनि बढेको छ । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित ह्वात्तै बढेका छन् । शुक्रबार १ सय २४ जनामा कोरोना संक्रमण देखिएकोमा शनिबार ६२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रहरी हेडक्वाटर तथा प्रहरीका महाशाखामा पनि कोरोना भेटिइरहेको छ । तर, कोरोना भाइरसको त्रास भएपनि सर्वसाधारणको हेलचेक्र्याई अझ् बढेको छ । सार्जजनिक सवारी साधनमा पनि एउटै सिटमा दुई जना बसेको, स्यानिटाइजर लुकाएर राखेको र माक्स पनि नाक छोपिने गरी नलगाएको भेटिएको छ ।
कोरोना सक्रमणको दर बढ्न थालेपछि सरकारले लागु गरेको जोर विजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ । जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएपनि सर्वसाधारणले सर्तकता अपनाइएको भने देखिदैन् । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर विजोर प्रणाली सुरु गरेको थियो ।
शुक्रबार मात्रै उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय पनि गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नविकरण, संस्था दर्ता नविकरण, नीजि सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरणलगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन । प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ ।
सरकारले आवश्यक मापदण्ड पुरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिएपनि अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको छ । मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएपनि कडाई गरिएको छैन् । यात्रुहरु स्वयम हेलचेक्र्याई गर्दा कोरोनाको जोखिम थप बढेको छ । काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा समेत कडाई गरिएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण, #तीन वटै जिल्ला प्रशासन, #सवारीको चाप
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्