तीन महिनादेखि नेकपा विवाद उस्तै, जनता झुक्याउन भन्ने सकरात्मक छलफल सधैं

काठमाडौं । तीन महिनादेखि आन्तरिक किचलोमा अल्झिएको सत्तारुढ दल नेकपाले अझै निकास पाउन सकेको छैन् । पटक–पटक सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टीभित्रको आन्तरिक किचलो समाधान गर्न नसकेपछि असार १० मा स्थायी कमिटि बैठक बोलाइयो । तर, बैठकको एजेण्डा के राख्ने भन्नेबारे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै अलमलमा परे । स्थायी कमिटि बैठकले नै तय ग¥यो सरकारको कामकारवाही, कोरोना रोकथाम, पार्टी एकताका बाँकी काम र एमसीसी । तर, भित्रभित्रै विवाद भुसको आगो झै सल्किएको नेकपामा यी बिषयले ७ महिनापछि बसेको बैठकमा प्राथमिकता नै पाएन । किनकि विधान–पद्धति अनुसार र आवश्यकताले नभई, बाध्यता र पार्टीभित्रको शक्तिसंघर्षको उपजले बैठक बोलाइएको थियो ।
पहिलो बैठकमै नेताहरुको कुर्सी ब्यवस्थापनको एजेण्डा मुख्य बन्यो । दोस्रो बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठकमा सहभागि भएनन् । तेस्रो बैठकमा एक्कैछिन बसेका अध्यक्ष ओलीको आलोचना सुरु हुन थालेपछि बैठक नै तीन चारदिनपछि धकेलियो । असार १४ गते प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट भारतले हटाउन खोजेको दाबी गरे । भारतको यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोपपछि विवादले उग्र रुप लियो र माग्न थालियो ओलीको दुबैपदबाट राजीनामा । ६ पटकसम्म स्थायी कमिटि बैठक बोलाइयो तर, अन्तिम समयमा आएर स्थगित नै गरियो ।
साउन २ गतेको बैठक पनि बस्न सकेन । प्रधानमन्त्री ओली मात्रै होइन नेकपाका नेताहरु नै राष्ट्रपति भेट्न शितल निवास धाइरहे । साउन ४ गते महाधिबेशनको सहमति भएको चर्चा बाहिरिएपछि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत तर्सिए । कहिले सहमतिका लागि सचिवालय बैठक बोलाइयो त कहिले अध्यक्षद्धय । कहिले नेता नेपाल, खनाल सहभागि भएरै बैठक बस्यो । तर, हात लाग्यो सुन्य । दर्जनौं बैठक त ओली र प्रचण्डबीच चिया, कफी र ग्रीन टी नै चल्यो । तर, पनि शुभ समचार कहिल्यै आएन ।
साउन १३ गते उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै ओलीलेलाई समर्थन जनाए । त्यसपछि बस्यो प्रचण्ड–नेपाल पक्षीय एक्लौटी स्थायी कमिटि बैठक । सहमतिका लागि दुबै अध्यक्षलाई जिम्मेवारी दिएपनि वान टु वान वार्ता भन्दै घण्टौ छलफलले निकास दिन सकेको छैन् । तर, पनि छलफल सकरात्मक भयो भन्न नेताहरु छुटाउदैनन् । देशमा कोरोनाको महामारी भयाबह हुने खतरा बढेको छ । बाढी र पहिरोले सर्वसाधारणको गाँस र बास खोसिएको छ । तर, बालुवाटारमा तीन महिनादेखि पकाउन लागेको राजनीतिक स्वार्थको खिचडी कहिले पाक्ने हो कुनै टुंगो छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यक्ष ओली, #आन्तरिक किचलो, #महाकाली र लिपुलेक
ताजा खबर
- १एक नेपालीको थाप्लोमा ७९ हजार २०० ऋण, सार्वजनिक ऋण २३ खर्ब नाघ्यो
- २विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
- ३९ दिनदेखिको आन्दोलनरत शिक्षक र सरकारबीच के के भयो सहमति, आन्दोलन फिर्ता
- ४कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- ५दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्