मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा जाँदा ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै आइतबार राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् । वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको हो ।
पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार गरिएको छ । मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिरोमा हराएकाहरुको खोजी गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #घर पहिरो, #मेलम्चीमा पहिरो
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्