सुन प्रकरण नयाँ मोडमा : न्युरोडका कालिगडदेखि प्रहरी नै प्रहरीको नियन्त्रणमा
काठमाडौं । आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद प्रकरणले नयाँ मोड लिएको छ । काठमाडौंको कमलादीबाट बरामत भएको आधा केजी सुन र १४ केजी चाँदी बरामतमा प्रहरीकै सम्लग्नताको आशंका सँगै थालिएको अनुसन्धानले नयाँ मोड लिएको हो । दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएको छानविन समितिले जनाएको छ ।
काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु प्रहरीको कोठाबाट बरामद भएको छ । गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको हो । सुन बरामत गर्ने प्रहरी टोलीले नै दिएको जानकारी फरक भएपछि घटनाको सुष्म अनुसन्धान थालिएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले पछ्याउँदै गएपछि गाडीबाट सुन फ्याकेको नभई प्रहरी जवानको हातमा दिएको समेत खुलेको छ ।
प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो । प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा गरिएका छन् । दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानविन समिति बनाइएको थियो ।
सुन प्रकरणमा यसअघि देवान पटेल, विजय पटेल र निलेश पटेल पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् । त्यस्तै, चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडमा सुन पसलमा काम गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अर्थ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सुन र साढे १४ किलो चाँदी
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्