नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, बोलाइयो साउन ६ गते
काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक फेरि स्थगित भएको छ । आइतबार ३ बजेका लागि बोलाइएको बैठक साउन ६ गतेबस्ने गरी स्थगित भएको हो । पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको ७ औं पटक हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आइतबार बोलाइएको थियो ।

गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद झनै बल्झिएर बैठक नै नबस्ने अवस्थामा पुगेको छ । शनिबारको सचिवलाय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपनि सहमति हुन सकेको छैन् ।
सचिवालय बैठक लगत्तै शनिबार साँझ अध्यक्षद्वय ओली र प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श समेत गरेका थिए । नेकपाका नेताहरु पटक पटक पार्टीभित्रको विवाद लिएर राष्ट्रपतिलाई भेट्न पुगिरहेका छन् । तर, पार्टीभित्रको विवाद समाधान नभएपछि स्थायी कमिटि बैठक समेत बस्न सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #स्थायी कमिटि बैठक फेरि स्थगित
ताजा खबर
- १रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- २सरकारले ४८ सालयताका सार्वजनिक पदधारी नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने
- ३ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै
- ४सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा
- ५कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ



तपाईको कमेन्ट लेख्नुहोस्