कोरोना संक्रमण घट्यो, पछिल्लो २४ घण्टामा संक्रमणभन्दा डिस्चार्ज संख्या बढी
काठमाडौं । नेपालमा शुक्रबार थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा ४२ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय १८ सहित कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको छ । शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।
विगत २४ घण्टामा २५ वटा प्रयोगशालाबाट ४ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण भएका छन् । त्यस्तै, क्वारेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् भने आइसोलेसनमा ८ हजार ६ सय ३ रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपनि देशभर संक्रमितको संख्या घटिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्