किन आकासियो सुनको मुल्य, एक वर्षमै तोलाको २८ हजार १०० रुपैया
काठमाडौं । सुनको मुल्य दैनिक बढिरहेको छ । एकबर्ष यता सुनको मूल्यले दैनिक जसो नयाँ रेकर्ड बनाइरहेको छ । बिहिबार पनि सुनको मुल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ कायम भएको नयाँ रेकर्ड बनाएको छ । सुन महंगो भएपनि एक वर्ष अघिमात्र सुनमा लगानी गर्नेहरु भने मालामाल भएका छन् । एक बर्षमै एक तोला बराबर २८ हजार १०० रुपैयाँ बढेको छ । नेपालमा फाइदा कमाउनकै लागि सुनमा लगानी गर्ने चलन खासै देखिँदैन । आवश्यकता तथा रहर पुरा गर्न सुन जोडेर राख्नेहरु भने प्रशस्तै भेटिन्छन् । २०७५ असार २५ गते सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँ कायम थियो ।
२०७६ असार २५ गते ६४ हजार ३ सय रुपैयाँ कायम भयो । अहिले ९२ हजार ४ सय रुपैयाँ छ । कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र प्रभावित छ । लगानी गर्ने ठाउँ खुम्चिएपछि विश्व बजारमै सुनप्रतिको लगानी आकर्षित भएपछि सुनको मूल्य उकालो लागेको हो । ५२ मुलुकका केन्द्रीय बैंकले धेरै परिणाममा सुन होल्ड गरेर राखेका छन् ।
यता विश्व नै बन्दाबन्दीको अवस्थामा रहेकाले धेरै मजदुर लगाएर सुनको उत्पादन गर्नुपर्ने भएकाले सो उत्पादन समेत हुन सकेको छैन् । सुन उत्पादन नहुनु, विश्वमै लगानीका अन्य क्षेत्रहरु नखुल्नु जस्ता कारणले सनुमा लगानी बढी मूल्य समेत आकाशिएको बताइँदै आएको छ । बैंकको मुद्दती निक्षेपमा आज भन्दा एक वर्ष अगाडी औषतमा १० प्रतिशत ब्याजदर कायम थियो । एक वर्षमा एक लाख कमाउन १० लाख रुपैयाँ बैंकमा एक वर्षका लागि लगानी गर्नु पर्ने थियो । नेपालमा पैसाबाट पैसा कमाउँनका लागि बैंकमा मुद्दती निक्षेप, सेयर बजार लगायतमा लगानी गर्ने चलन बढी छ । अनौपचारिक माध्यमबाट धेरै रकम कमाएकाहरुले मात्र सुनमा बढी लगानी गर्ने गरेको केही विश्लेषक बताउँछन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सुनको मुल्य
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्