हावाबाट पनि सर्न सक्छ कोरोना : डब्लुएचओ
काठमाडौं । कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट पनि फैलिन सक्ने सम्भावना नकार्न नसकिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । अति साना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ । संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणहरुमा कोरोना भाइरस हुन सक्ने र ती कणहरु वायुको माध्यमबाट फैलिन सक्ने भएकाले थप सावधानी अपनाउनु पर्ने बताइएको छ । विशेष गरी भिडभाड युक्त क्षेत्रमा वायु मार्फत कोरोना भाइरसको संक्रमण (एअरबर्न ट्रान्समिसन) फैलिन सक्ने कुरा पूर्ण रुपमा अस्वीकार गर्न नमिल्ने डब्लुएचओका अधिकारीले बताएका हुन् ।
यस्तै, बन्द क्षेत्र वा भेन्टिलेसन कमजोर रहेको क्षेत्रमा पनि वायु मार्फत संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरसको संक्रमण हुने सक्ने पक्षमा बल प्रदान गर्ने प्रमाणहरु भेटिएको उल्लेख छ। यदि पछिल्लो प्रमाणहरु थप पुष्टि भएमा घरभित्रै वा भवन भित्रका लागि हाल कायम गरिएको गाइडलाइन्समा परिमार्जन गर्नु पर्ने हुन्छ ।केही दिनअघि २ सय भन्दा बढी वैज्ञानिकले हालै एक खुला पत्र लेखेर डब्लुएचओले कोरोना भाइरस वायुको माध्यमबाट पनि फैलिन सक्ने कुरालाई ख्याल नगरेको आरोप लगाएका थिए । त्यसको जवाफमा डब्लुएचओले कोरोना भाइरसको ‘एअरबर्न ट्रान्समिसन’ पूर्ण रुपमा खारेज गर्न नसकिने बताएको हो ।
डब्लुएचओले हालसम्म कोरोना भाइरसको संक्रमण संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा वा अरु प्रक्रियाबाट निस्कने छिटाहरुको माध्यमबाट अर्को व्यक्तिमा फैलिने बताउँदै आएको छ । डब्लुएचओले भने अहिले देखिएका प्रमाणहरु प्रारम्भिक मात्रै रहेको र यसलाई प्रमाणित गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको जनाएको छ । डब्लुएचओको संक्रमण नियन्त्रण तथा सावधानीका प्राविधिक प्रमुख बेनेडेट्टा एलिग्रान्जीले भिडभाड, बन्द वा भेन्टिलेशन कमजोर रहेको ठाउँमा कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि फैलिन सक्ने भनी आएका पछिल्ला प्रमाणहरुलाई अस्वीकार गर्न नसकिने तर अनुसन्धान भने गर्नुपर्ने बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विदेश, समाचार
ट्याग : #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्