सरकारबिरुद्ध डेढ दर्जनबढी आन्दोलन,समस्या समाधानमा छैन् ध्यान

काठमाडौं । पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न कसरत भइरहेका बेला देशभर भने आन्दोलन नै आन्दोलन चर्किएको छ । सरकार टिकाउन पार्टीभित्रै लड्नुपर्ने अवस्थामा रहेका प्रधानमन्त्रीले डेढ दर्जन आन्दोलनको पनि सामना गर्नुपरेको छ । बिभिन्न माग राख्दै काठमाडौंको माइतीघर मात्रै होइन जिल्ला–जिल्लामा समेत सरकार बिरुद्ध चर्को नारावाजी चलिरहेको छ । गत चैत ११ गतेदेखि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जेठ २५ गतेसम्म देश लकडाउन गरेर ठप्प बनायो । सबै घरभित्र रहेका बेला सरकारले स्वास्थ्य सामग्री खरिदका लागि चोर बाटोबाट ठेक्का दियो । त्यसको बिरोध सामाजिक सञ्जालबाटै चल्यो र सरकार केही पछि हटेर नेपाली सेनालाई जिम्मा दियो । त्यसपछि संसद बैठक आह्वानसँगै एमसीसी पारित गर्ने तयारीमा रहेको सरकारको बिरुद्ध लकडाउनको वेवास्ता गर्दे मानिसहरु सडकमै उत्रिए ।
कोरोना परिक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन ब्यवस्थित बनाउनुपर्ने लगायतका मागहरु राखि युवाहरु प्रधानमन्त्री निवास बालुवाटारमै आन्दोलन गर्न पुगे । तर, प्रहरीको दमनपछि आन्दोलनले थप उग्ररुप लियो । असार १ गतेदेखि लकडाउन केही खुकुलो बनाएपछि भने बिभिन्न माग राख्दै काठमाडौंको माइतीघर मात्रै होइन देशभर सरकार बिरुद्ध आन्दोलन चर्किएको छ । यतिबेला सरकारका बिरुद्ध डेढ दर्जन आन्दोलन दैनिक जसो भइरहेका छन् । प्रमुख प्रतिपक्षी र अधिकारकर्मी मात्र होइन, प्रधानमन्त्री केपी ओलीकै निकटस्थहरूसमेत सडकमा राष्ट्रिय झण्डा नै लिएर आन्दोलन गरिरहेका छन् । कानुन निर्माणमा असहमति, सरकारमा बेथिति तथा आ–आफना हक अधिकारको पक्षमा आन्दोलन बढिरहदा सरकार भने आफै समस्यामा परेको छ ।
संघीय निजामति ऐनको बिद्येयकमा असन्तुष्ट जनाउँदै सिंहदरबारभित्रै कर्मचारी आन्दोलित छन् । त्यस्तै, कोरोना भाइरसको उपचारका लागि खटिएका कर्मचारी सरकारले दिने भनेको जोखिम भत्ता नपाएको भन्दै आन्दोलित छन् । एमसिसीको खारेज माग गर्दै सडकमा आन्दोलन सुरु भएको पनि दुई महिना नाघ्यो । नागरिकता विधेयकविरुद्ध आन्दोलन काठमाडौं तथा तराई मधेशमा चर्किएको आन्दोलन पनि साम्य भएको छैन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिव १० अर्व खर्च गरेको बिवरण सार्वजनिक गरेपछि सकारविरुद्धको ‘इनफ इज इनफ’ आन्दोलन सडक हुँदै यतिबेला आमरण अनसन बसेका छन् । रुकुमपश्चिको चौरजहारीमा अन्तरजातिय बिबाहलाई लिएर ६ जनाको सामुहिक हत्या प्रकरणले दलित अधिकारकर्मी आन्दोलनमा उत्रिएको एक महिना पुग्यो । जनकपुरमा प्रहरी हिरासतमै मृत्यु भएका शम्भु सदाको हत्या भएको भन्दै उनका आफन्त र स्थानीयले गरेको आन्दोलन पनि चर्किएको छ । ट्याक्सी ब्यवसायीको आन्दोलन होस् या नीजि बिद्यालय तथा शिक्षकहरुको समेत आ–आफना माग राख्दै आन्दोलन जारी छ ।
सञ्चारमाध्यमले श्रमजीवी पत्रकार कामबाट निकालेको भन्दै पत्रकारहरु पनि आन्दोलित छन् । काठमाडौं निजगढ द्रुतमार्गमा पर्ने जग्गाको विषयलाई लिएर खोकनामा लामो समयदेखि विवाद झनै बल्झिएको छ । प्रमुख प्रतिपक्ष दल काग्रेसको भातृसंगठन समेत आन्दोलनमा भएको बेला स्वयम् प्रधानमन्त्री ओलीले आफना पक्षमा आन्दोलन गर्न निर्देशन दिएपछि आन्दोलन नै आन्दोलनले सर्वसाधारणलाई दिक्क बनाएको छ । सरकार आफनो बचाउ गरोस या आन्दोलनका माग सुनुवाई गरोस् आफै अलमलमा परेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आन्दोलन नै आन्दोलन
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्