Techie IT
  • २३ मंसीर २०८०, शनिबार
KhojPatrika

गुरु ब्रम्हा, गुरु बिष्णु गुरुदेव महेश्वरः गुरुः साक्षात परं ब्रह्मा तस्मै श्र गुरवे नमः


काठमाडौं । अषाढ शुक्ल पूर्णिमा । अर्थात् गुरु पूर्णिमा आइतबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । गुरुको पूजामा प्रयोग गरिने यो श्लोकमा भनिएझै गुरु ब्रह्मा, विष्णु र महेश्वरको रुपमा धार्मिक ग्रन्थमा व्याख्या गरेको पाइन्छ ।

आम व्यक्तिको जीवनलाई उपयोगी बनाउन औपचारिक तथा अनौपचारिक शिक्षा दिने व्यक्ति नै गुरु हुन् । व्यक्तिको जीवन आदर्श बनाउन सहयोग गर्ने गुरुको सम्झनामा प्रत्येक वर्ष आषढ शुक्ल पूर्णीमाका दिन गुरु पूणिमा मनाइने गरेको छ । गुरुपूर्णिमाको आजको दिन हिन्दु धर्माबलम्बीको प्रसिद्ध धार्मिक गन्थ बेद र पुराणका रचयिता बेदव्यासको जन्मजयन्ती पनि मनाइन्छ । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पनि आजको दिन विशेष हो । उनीहरुलाई आफूलाई शिक्षा दिने गुरुहरुको सम्मान गर्दै गुरुपूर्णिमा मनाउने गरेका छन् । विद्यार्थीसँग कलाकार, खेलाडीलगायतले पनि आफ्ना गुरुको स्मरण गर्ने गर्दछन् ।
व्यास जयन्ती
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । अषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #गुरु पूर्णिमा

तपाईको कमेन्ट लेख्नुहोस्