मतलव छैन् कोरोना भाइरसको, राजधानीमा हेलचेक्र्याई बढ्दै

काठमाडौं । नेपालमा एक/दुई जनामा कोरोना संक्रमण देखिनेबित्तिकै आत्तिएका सर्वसाधारण यतिबेला भने हेलचेक्र्याई गर्न थालेका छन् । असार १ गतेदेखि सरकारले लकडाउन केही खुकुलो बनाएपछि संक्रमित संख्या बढ्दै जाँदा समेत सर्वसाधारणको भिडभाड मात्रै होइन माक्स तथा सेनिटाइजर समेत प्रयोग गर्न छाडेका छन् । नेपालमा दुई जनामा कोरोना भाइरस देखिनेबित्तिकै सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी ग¥यो । बिश्वका शक्तिशाली राष्ट्रलाई समेत नियन्त्रण र रोकथाममा अझै् हम्मे–हम्मे बनाएको कोरोना भाइरस नेपालमा पनि भित्रिएको सुन्ने बित्तीकै सर्वसाधारण त्रसित भए ।
उनीहरुले माक्स लगाउने, सेनिटाइटर प्रयोग गर्ने तथा सामाजिक र भौतिक दुरी कायम गर्न एक–आपसमा हात समेत मिलाउन छोडेर नमस्कार गर्न थाले । तीनमहिनाअघि घरबाट बाहिर निष्किदा समेत उच्चसर्तकता अपनाउने मानिसहरु अहिले भने ध्यानै नदिई खुलेआम दौडधुप गरिरहेका भेटिन्छन् । तीन महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नजिक पुगेको छ । तर, यतिबेला काठमाडौं उपत्यकासहित देशभर कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न उच्चसर्तकता अपनाइएको देखिदैन् । लकडाउन खुकुलोभएसँगै खुलेका उद्योग, पसल तथा ब्यवसाय हुन् वा जोरजिजोर प्रणालीमा सञ्चालन भइरहेका दुई पांग्रे वा चारपांग्रे नीजि सवारी साधन भौतिक दुरीको त परको कुरा माक्स समेत लगाउँदैनन् । कतिपय सर्वसाधारण त जोर बिजोर प्रणाली समेतलाई बेवास्ता गर्दे हुकुईरहेका छन् ।
चोक–चोकमा बसेका सुरक्षाकर्मीले माक्स लगाऔं भन्दै सचेतना फैलाउने काम अहिलेपनि जारी छ । संक्रमणदर ह्वात्तै बढ्दा समेत मानिसहरुले देखाएको हेलचेक्रयाइले थप कोराना संक्रमणमा जोखिम बढाएको बिज्ञहरु बताउछन् । कोरोना उच्च जोखिम भएका जिल्लाबाट समेत काठमाडौं उपत्यकाभित्रिनेहरुमाथि नाकामा कडाई नगरिनुले संक्रमण थप बढ्ने अर्को जोखिम छ । अझ् एमसीसी र अन्य आदोलनमा देखिएको सहभागिता र भिडभाड त्यसैमा सर्तकता नअपनाइएका दृश्यले नेपालमा कोरोना भाइरस संक्रमणले थप जटिलता त ल्याउने होइन भन्ने चिन्ता बढाएको छ । जसतर्फ आफनो स्वास्थ्यका लागि सर्वसाधारण आफै सजग बन्न जरुरी देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
तपाईको कमेन्ट लेख्नुहोस्