कोरोना संक्रमणले भयावह रुप लिदैं, एकै दिन भेटिए ५८६ संक्रमित
काठमाडौं । नेपालमा अहिलेसम्मकै एकै दिन धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ८६ कोरोना संक्रमित थपिएका हुन् । यो संख्या पहिले भेटिएको भन्दा करिव डेढ सयबढी हो । यो सँगै नेपालमा संक्रमितको कूल संख्या सात हजार १ सय ७७ पुगेको छ । हालसम्म एक हजार १ सय ६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पोजेटिभ देखिइरहेको छ । क्वारेन्टाइन ब्यवस्थित नहुँदा संक्रमित संख्या पनि बढिरहेको छ । लकडाउन खुकुलो बनाएपछि सर्वसाधारणमा थप त्रास फैलिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्