गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या २०५ पुग्यो
काठमाडौं । तनहुँ जिल्लाका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । घिरिङ गाउँपालिकाको क्वारेन्टिमा बस्दै आएका, ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितहरुलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रस्वास केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ । यसअघि तनहुँका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्व, बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २० बर्षीय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय ५ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्