Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

सोमबारदेखि टेलिभिजन तथा रेडियोबाट पढाई


कठमाडौं । चैत ११ गतेदेखि भएको लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि भोली अर्थात् सोमबारदेखि टेलिभिजन तथा रेडियोबाट पढाई सुरु हुने भएको छ । सरकारले असार १ गतेदेखि एफएम, टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘टेलिभिजनमा कक्षा एक देखि आठ कक्षासम्मको पढाइ सुरु गर्ने तयारी गरेको छ ।

१ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको छ । कक्षा ‘आठ सम्मकालाई हुने एउटा–एउटा डिजिटल कपी तयार छ । ३ कक्षासम्मको डिजिटल कपी हाम्रो वेबसाइटमा राखिसकिएको छ । कतिपय पालिकाले तीन कक्षासम्मको सामग्री घर–घरमा र टोल–टोलमा धमाधम वितरण गरिरहेको समेत जनाइएको छ । उनीहरुले सो सामग्री घरमै बसेर सिक्ने सक्ने खालको छ । विद्यार्थीहरुलाई पढाउन स्थानीय तहरुले स्थानीय एफएमको पनि प्रयोग गर्नेछन् ।

पढाई हुने कार्यतालिका


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #टेलिभिजन तथा रेडियोबाट पढाई

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं