यसरी चलाउन पाइन्छ खुकुलो लकडाउनमा सवारी साधन
काठमाडौं । लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर– विजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुन थालेका छन् । शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जोर–विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा आएका हुन् । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सञ्चालनमा आएका सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ ।
चार पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्रै बस्न पाउने छन् । यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ । अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लगाइएको छ । सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन् । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास हुनुपर्नेछ । लकडाउन खुकुलो बनाएपछि बिहानैदेखि काठमाडौं उपत्यकामा चहल–पहल सुरु भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जोर– विजोर प्रणाली
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्